निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारीसाधनमाथि कारबाही

काठमाडौँ, जेठ २६ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि कारबाही गरिएको हो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै ती सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको जनाएको छ।

जसमा ७६३ दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठूला सवारी साधन रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने निषेधाज्ञा केही खुकुलो गराउने तयारी गरिएको छ । निषेधाज्ञाकै अवधिमा पछिल्ले समय सडकमा सवारी साधान र मानिसहरुको चहलपहल तथा भिडभाड बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्