थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु , निको कति भए ?

काठमाडौं, जेठ २६ । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५७६८ जना निको भएका छन् भने कोरोनाबाट थप ८१ जनाको मृत्यु भएको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्