दुई दिनमा काठमाडौँ महानगरमा१८ हजारभन्दा बढीले लगाए खोप

काठमाडौँ, जेठ २७ । काठमाडौँ महानगर पालिका क्षेत्रमा जारी कोरोनाविरूद्धको खोप अभियानमा दुई दिनमा १८ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

चीनबाट अनुदानमा भेरोसेल खोप प्राप्त भएपछि महानगरका ३२ स्थानमा जारी खोप अभियानमा ६० देखि ६४ बर्ष उमेरसमूहका १८ हजार १ १३ जना सहभागी भएका छन् ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७ सहभागी भएकामा दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८ सय ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको उनले बताए ।

महानगरपालिकाले पाँच दिनमा १ लाखभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्