ओली सरकारमा अब प्रदेश-२ का मन्त्रीको बहुमत, जसपाका ११ मन्त्री

काठमाडौं, जेठ २७ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थप्न लागेका छन्।

गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकलाई ओलीले आज मन्त्री बनाउन लागेका छन्।

आजै अपरान्ह मन्त्रीहरूको सपथ ग्रहण गराउने कार्यक्रम छ।  मन्त्री बनेकाहरू अधिकांश प्रदेश नम्बर २ का छन्। ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्। जुन ५६ प्रतिशत हो।

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भएका थिए।

अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए।

साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका थिए। पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन्। शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनाएका थिए।

उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन्। यता आज ९बिहीबार० विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी ९जसपा० का नेता राजकिशोर यादव पनि थपिंदै छन् ।

उनी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा खुलेका नेता हुन् । जसपाले ओली सरकारमा सहभागी हुन १० मन्त्रालय मागेको थियो । तर, राजकिशोरको नाम पनि मन्त्री बन्ने सूचिमा रहेसँगै उसले ११ मन्त्रालय पाएको छ । बालुवाटार स्रोतले दिएको लिष्टअनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो ।

मन्त्री बन्न नपाएपछि उनी अर्का अध्यक्ष उपेन्द्र यादवतिर जाने सम्भावना देखेपछि महन्थ ठाकुरकै जोडबलमा उनलाई मन्त्री बनाइएको जसपाभित्र चर्चा छ । यादवले मन्त्री नबनाएपछि कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

८ सहित २ राज्य मन्त्रालय लिएर सरकारमा गएको राजपाको महन्थ ठाकुर पक्षले फेरि अर्को एक मन्त्रालय पाएको छ । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा २० सांसद थिए । तर, उनीहरु ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्