धरहराका मजदुरसँग यसरी मनाए राजेश हमालले आफ्नो जन्मदिन

काठमाडौं, जेठ २७ । अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर त्यहाँका मजदुरमाझ केक काटेर मनाएका छन् ।

गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा पुगेर हमालले जन्मदिन मनाएका हुन् ।

हमालसँग उनीकी पत्नी मधु भट्टराई पनि धरहरा पुगेकी थिइन् । हमालले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनी र पत्नीलाई धरहराबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै केक काटेको देख्न सकिन्छ ।

हमाल निकट स्रोतका अनुसार उद्घाटन भए पनि अझै निर्माण चरणमा रहेको धरहरा पुगेर त्यहाँका मजदुरलाई हौसला बढाउन जन्मदिनको केक काटिएको हो । धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्