तीर्थयात्री चढेको बस पल्टिँदा १९ को मृत्यु, ४८ घाइते

काठमाडौं, जेठ २८ । पाकिस्तानमा तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । ४८ जना यात्रु घाइते भएका छन् ।

सिन्ध प्रान्तको डाडु जिल्लास्थित एक धार्मिकस्थलमा दर्शन गर्न गएका यात्रुहरु चढेको बस शुक्रबार साँघुरो घुम्तीमा दुर्घटना भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार अधिकांश यात्रु बलुचिस्तानमा थिए ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकका अस्पतालमा लगिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा क्षमता भन्दा धेरै यात्रु बोकेकाले बस अनियन्त्रित भइ पल्टिएको बताइएको छ । साथै बसको छतमा समेत यात्रु चढाएकाले बस नियन्त्रित हुन नसकेको हो ।

पाकिस्तानका पहाडी क्षेत्रमा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन् । ट्राफिक नियमको पालना नगर्नु र बिग्रिएका सडकका कारण यस्ता दुर्घटना हुने गरेको बताइन्छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्