एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं , जेठ ३१ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि नेता खनाल सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनलाई केहि दिनदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको र अहिले परिक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ ।

खनाल केही दिनअघि कोरोना संक्रमण भएर उपचारपछि नर्भिक अस्पतालबाटै डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्